• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

बुझाई बदलौ, सीमा सम्झौं; देश यसै बन्छ !

‘हिजो भएको राजनीतिक पार्टीहरू, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगको ६ घण्टा बसेको छलफलमा बिदेशमा बस्ने नेपालीहरूलाई भोट दिन सक्ने व्यवस्था गर्ने प्रस्तावको कुनै निर्णय गरेनन् । नेताहरू र नागरिक समाजको अगुवाहरूले भाषण मात्र छाँटे र ६ महिने सरकारको दोषहरू मात्र देखाए । कुनै पनि समस्याको निकासका लागि सिर्जनशील र ठोस राय दिन नसक्ने पार्टीहरू, नेताहरू, नागरिक समाज र सरकारले देशलाई डुबाउँछन् । त्यसैले युवा पुस्ताले नेतृत्व समाल्न आगामी चुनावमा ज्यान फालेर लाग्नु पर्‍यो । काठमाडौंमा जुलुस निकालेर केही हुनेवाला छैन ।’


आफ्नो आत्मकथाको किताब बेचेर कृषि औजार सञ्चालन गर्ने अभियान छाडेर शिक्षा मन्त्रालय सम्हाल्न आइपुगेका महावीर पुन आफ्नै पाराका छन् । त्यही पाराले गर्दा उनी बेलाबेला अप्रिय सत्य ओकलिरहेका हुन्छन् । माथिको कुरा उनले विदेशमा रहेमा नेपाली नागरिकलाई मतदान गर्न दिने सन्दर्भमा पुस ७ गते भएको बैठकको कुरा ८ गते सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । सरकारको मन्त्रीले पदीय दायित्व निर्वाह गर्ने हो भने सरकारको बचाउ गर्नुपर्छ । उनले बोलेको अप्रिय सत्यभित्र धेरै कुरा भेटिन्छन् । यो मात्रै होइन उनले अगाडि पनि आम जनताले बुझिरहेका धेरै बुझाइहरू सच्याइदिएका छन् । सेना, प्रहरी, कर्मचारीको तलब बढाउने विषय होस् वा मागपत्र बुझाउन आएको जेन जी समूहलाई आफैं चुनाव जितेर आउ भनेर उनले हाम्रो खास अवस्था के हो भन्नेमा जिब्रो नचपाइकन बोलिदिएका छन् । 

मिडियाले ऐना पो हेर्ने कि !

नेकपा एमाले अहिले सबैको आलोचनामा परेको पार्टी हो । यही पार्टीका नेता लालबाबु पण्डित सरकारी कर्मचारीले विदेशको स्थायी आवासीय अनुमतिपत्र (PR) लिएमा जागिर खान नपाउने व्यवस्था गरेर चर्चामा थिए कुनैबेला । सिंहदरबारमा रहेको मन्त्रालय जाँदा साइकल चढेर गएको तस्वीर उनको चरित्र जनाउने सांकेतिक तस्वीर बनेको थियो । उनलाई मान्छेले सम्हालेको मन्त्रालयभन्दा साइकलमन्त्रीका रूपमा चिन्दथे । तर केही समयपछि उनले मन्त्रालयबाट पेट्रोल खर्च लिएको देखिएपछि आलोचित पनि बनेका थिए ।  मन्त्रीलाई उसको अगुवाइमा बनाइएको कानुनभन्दा जीवनशैलीमा हाम्रो समाजले अलिक धेरै ख्याल गर्छ ।

हालै उनले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ताको भिडियो अंश सामाजिक सञ्जालमा फैलिरहेको छ । कार्यक्रम प्रस्तोताको प्रश्न छ, ‘कार्यक्रममा गुण्डाहरू निकाल्नु हुन्छ होला नि ? दादागिरीहरू निकाल्नु हुन्छ होला नि ? मंसिर ६ गते ।’ 

ओ जेन्जी, कुती हिडेर काशी पुगिन्छ ?

भदौ २४ को विध्वंस । अघिल्लो दिनको जेन जी आन्दोलन । गोली चलेको संसद् भवन । पुरानो नाम वीरेन्द्र अन्तरार्ष्ट्रिय सम्मेलन केन्द्र । तत्कालीन संसद् भवन । घटना भएको २ महिना पूरा हुन २ दिन बाँकी । कम्तीमा १९ जनाको मृत्यु भएको स्थानको अर्को छेउमा भएको एक क्याफे । छेउको अर्को टेबुलमा कफी पिइरहेका २ भलाद्मी अनुहार । कुराकानीको विषय देशको राजनीति । GenZ आन्दोलनले भंग गरेको संसद् । पुनर्स्थापनाका लागि परेको रिट ।

दुई जनाको कुराकानीको विषय । रिटमा आउन सक्ने सम्भावित फैसला । त्यसमा भएको सुनुवाइ । वकिलहरूले प्रस्तुत गरेका तर्कहरू । ‘संसद् पुनर्स्थापना भयो भने न्यायाधीशलाई ज्युँदै जलाइदिन्छन् ।’ एकले बोलेको कानमा परेपछि लाग्यो । हामीकहाँ लोकतन्त्र छ ? लोकतान्त्रिक व्यवस्था हुनु र लोकतान्त्रिक चरित्र हुनुमा अन्तर के छ ? राज्यविहीनता भोग्नुपरेको यो आन्दोलनले हाम्रा सोचाइहरू कसरी बदल्छन् होला ? मैले भनेकै जस्तो हुन्छ भने जिन्दावाद नत्र मुर्दावाद भन्ने स्वभावले खोजेको परिवर्तन दिन्छ होला ? लोकतन्त्रको खास अर्थ त विविध विचारहरूको सम्मान हो । विचारहरूको निषेध त निरंकुशताको लक्षण हो । 

जेन जि ! उपलब्धीको रक्षा कसरी?

अर्जुन अपवाद 

नेताले आफुले चाहेअनुसार परिस्थिति निर्माण गर्छ कि परिस्थितिले नेता ? महाभारतमा समेत छलफल गरिएको प्रश्न सामान्य छ । उत्तर बहुतै गम्भिर छ । नेपालमा पछिल्लो समयमा तपाँईसहितका युवापुस्ताले गरेको आन्दोलनले परिस्थिति यस्तो निर्माण भएको छ कि आगामि दिनमा के हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । परिस्थितिहरूबाट पछाडि फर्कन मिल्ने थियो भने अहिलेको परिस्थिति सायद तपाँइको कल्पनामा पनि थिएन होला । यसलाई मन पराउने सायदै होलान । मन परे पनि नपरे पनि अगाडि जानुको विकल्प त छैन नै ?

अहिले पनि आन्दोलनको खास नेता को हो चिन्न गाह्रो छ। राष्ट्रपतिसँग म नै अगुवा हो भनेर भेट्न जाने केहिले अझै आफ्नो परिचय दिन ईन्कार गरिरहेका छन्। त्यसो हुनाले कुनै एक व्यक्तिलाई यसमा जिम्मेवार ठान्न त मिल्दैन नै। रक्षा बम, सुदन गुरूङ, प्रवेश दहाल लगायत केही अन्तर्वार्ता दिईरहेका छन्। एक अर्कोका विचारहरु परस्परमा बाझिएका छन्। कसरी टुंगोमा पुग्ने ? प्रधानमन्त्री को बनाउने भनेर डिस्कर्डमा छलफल गरेको सुनेकाहरूले अब यस्तै विषयहरूमा थप छलफल सुन्न चाहेका थिए। त्यो आशैमा सिमित होला जस्तो छ!

छलफल गर्नुपर्ने विषय यो मात्रै छैन । विकास भनेको के हो ? धरहरा बन्दा विकास भएन। संघियता हुँदा विकास भएन । दमकमा टावर बन्दा विकास भएन । के गर्दा हामीले खोजेको परिवर्तन हुने हो । दलका नेताहरूले अध्यक्ष सभापति छाडिदिए विकास हुने हो ? महंगो हुँदै गएको निर्वाचन कसरी सुधार्ने हो ? कर्मचारीतन्त्रको सेवा प्रवाह कसरी सुधार्ने हो ? स्थानीय तहलाई दिने अधिकार कति हो ? झण्डै १० वर्ष पुग्न लाग्दा पनि स्थानीय तहले संविधानमा उल्लेख गरेका अधिकार प्रयोग गर्न किन सकेनन्? बहस कैले चल्ने हो ? कसले चलाइदिने हो ? फलानो नेता मुर्दावाद भनेर पुग्छ? त्यसका घरमा आगो लगाइदिएर पुग्छ? विनास गर्नु, विध्वंस गर्नु निर्माण गर्नुभन्दा लाखौंगुणा सजिलो छ जेन जि मित्रहरु । आफ्नै पुस्तालाई देश बनाउन कसरी संलग्न गराउने हो ? यो देशमै भविष्य छ भनेर आश्वस्त कसरी गराउने हो ? 

विभिन्न सञ्चारमाध्यममा व्यक्त गर्नुभएका विचार र सामाजिक सञ्जालमा प्रस्तुत विचारबाट तपाँइहरूमा आन्दोलनप्रतिको निष्ठामा कतै प्रश्न गर्ने ठाउँ छैन नै । तैपनि नेतृत्व प्रश्नविहिन हुन सक्दैन र हुनुहुन्न पनि । यसै हुनाले अब यो परिवर्तनको संस्थागत गर्ने जिम्मेवारी तपाँइहरूकै हो । हामीले सामान्य कुरा खोजेका हौं । अव नेतृत्व गर्न सक्दैनौं भन्नु भनेको राज्यले हत्या गरेका युवाहरूको रगत आफ्नो अनुहारमा पोत्नु हो । अनि सिंहदरवार जलेको खरानीको टीका लगाउनु पनि !

तत्कालिन सरकार आन्दोलनमा भएको क्षतिको लागि जिम्मेवार हुनैपर्छ । तपाँईहरू पनि जिम्मेवारीबाट भाग्न पाउनुहुन्न । सञ्चारमाध्यमले छलफल गर्न नचाहेका केही सवालमा व्यापक छलफल चलाएर निष्कर्षमा पुग्न नसके अव आन्दोलनहरू व्यक्तिगत सम्पत्ती जलाउने चरणमा पुग्नेछन् । सत्य मीठो हुँदैन नै । भदौ २४ को लुटपाट तथा आगजनी र निशेधित क्षेत्रमा पुगेका आन्दोलनकारीका विषयमा गम्भिर छलफल हुन नसके यो पुस्ता नै वदनाम हुनेछ । नागरिकले सरकारमाथि गर्ने खबरदारी बन्ध्याकरण भएको छ । 

वानेश्वरको संसद भवन तोडफोड हुने अवस्था  कसरी सिर्जना भयो? त्यहाँ सम्म विद्यार्थीलाई पुर्‍याउने को को थिए ? १८ वर्ष नपुगेका विद्यार्थी आन्दोलनमा बोलाउने को थिए? सरकारी तथा व्यक्तिगत सम्पत्ती जोगाउन सरकारले बल प्रयोग गर्ने कि नगर्ने? यि प्रश्नहरूको जवाफ नखोजे भोली आन्दोलन कसरी हुन्छ। यो प्रश्नको जवाफ जाँचबुझ आयोगको मात्रै विषय हुन सक्दैन । म अगुवा हुँ भन्दै हिड्ने तपाँइहरुकै नेतृत्वमा खोजिनु जरुरी छ ।

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै नागरिकले निरन्तर खबरदारी गर्न पाउनु हो । हामीले ख्याल गर्न सकेनौं भने यो आन्दोलन नै अन्तिम हुन सक्ने अवस्था आइपरेको छ । सरकारलाई खबरदारी गर्ने युवाहरू निरन्तर नियन्त्रणमा लिइँदैछन् । गृह मन्त्रालय तिमी आन्दोलन नगर भनेर विज्ञप्ती निकाल्ने अवस्थामा पुगेको छ। भोलीका दिनमा आन्दोलन गर्न दशौंपटक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । के आन्दोलनकै वन्ध्याकरण गर्नका यो आन्दोलन गरिएको थियो ? 

अझै गम्भीर सवाल त यो छ कि २३ भदौको आन्दोलनमा अकल्पनीय क्षति भएपछि तपाँइहरूले आन्दोलन किन रोक्नुभएन ? आन्दोलनमा घुसपैठ भयो भन्ने । त्यसले भएको फाइदामा जस लिने । अपजस अस्विकार गर्ने ? नेतृत्व गर्नु भनेको आफूले भनेजस्तो नभएपछि त्यसलाई तत्कालै समिक्षा गरेर सच्याउनु हो । सच्चिनु हो । यसमा राज्यलाई मात्रै औंला तेर्स्याएर पुग्छ ? यहि नजिर भोली कायम भए तपाँइले भनेको परिवर्तन हुन्छ? माइतीघरमा आन्दोलन गर्छु भनेर संवेदनशिल क्षेत्र सिंहदरवारमा भोली उपद्रो भयो भने राज्यले बल प्रयोग गर्ने कि नगर्ने ? के तत्कालिन प्रधानमन्त्रीलाई आलोचना गरेर तपाँइले खोजेको जवाफदेहिता आउँछ !

२०७२ को भुकम्प, त्यसै अवसर छोपेर जारी गरिएको संविधान, त्यसैलाई देखाएर गरिएको नाकाबन्दी अनि केपी शर्मा ओलीको उदय । उदयको ठ्याक्कै १० वर्षमा टुप्पामा रहेका ओलीको अवस्था फेदैमा पुगेको छ ।  आफ्नो पार्टीको अधिवेशनले उनैलाई छान्दा पनि हामीलाई पचेको छैन । २/२ पटक राष्ट्रपति भएका मानिसले फेरी राजनीति गर्न पाउनुपर्छ भन्ने भाष्यमा विद्या भण्डारीको माया भन्दा पनि केपी ओली तह लगाउने भन्दा बाँकी अर्को कुनै तर्क थिएन । आजको परिस्थिति निर्माण हुनुमा ओलीको जती जिम्मेवारी छ उनलाई जसरी पनि ठेगान लगाउने मिसन बोकेको पत्रकारिता जगत नागरिक समाजको पनि छ । अब परिवर्तन कस्तो चाहिएको हो ? त्यो कसरी हासिल हुन्छ भन्ने योजना प्रस्तुत गर्ने नसके त्यसको ठूलो हिस्सा तपाँइहरूले लिनुपर्छ ।

प्रकाशित/प्रसारित अन्तरवार्ताहरूमा विभिन्न विषय छन् ! कसैलाई राजा चाहिएको छ ! कसैलाई प्रत्यक्ष कार्यकारी ! कसैलाई संघीयता खारेज ! कस्को कुरा सहि हो ? कस्को कुरा सच्याउनपर्ने हो ? कस्ले जवाफ दिने हो ? तत्कालिन अवस्थाका सामाग्रीहरु हेर्दा आन्दोलनका मूख्य २ माग थिए । सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकुवा र  भ्रष्टचार नियन्त्रण । त्यसभन्दा पछाडि आएका माग कस्ले थप्दै छ? किन थप्दै छ ? जवाफ कस्ले दिनुपर्ने हो ? हिजोका दलहरु जवाफदेही भएनन्, जनताका कुरा सुनेनन् भनेर आन्दोलन गर्नेहरुले चाँही प्रश्नको जवाफ दिनुपर्दैन ? कि मिडियामा गएर चर्का स्वरमा अन्तर्वार्ता दिने र सञ्जालमा चर्का स्टाटस लेखेकै भरमा जिम्मेवारी पुरा हुने हो ? 

सुरुका २ मागमा कुरा गर्दा पहिलो माग पुरा भैसकेको छ । दोश्रो माग कसरी पुरा हुने हो ? अख्तियारले काम गरिरहेको छ । सतर्कता केन्द्र, राजस्व न्यायाधिकरण, सम्पत्ति शुद्धिकरण आयोग लगायतका निकाय पनि काम गरिरहेकै छन् । यसमा के फरक हुनुपर्ने हो ? कसैले अग्लो घर बनाउँदैमा भ्रष्टचार गरेरै बनायो भन्ने भाष्य सिर्जना गरेर कता पुगिन्छ ? अहिले गरिरहेको काममा के कुरामा फरक हुने हो ? खै अवधारणा ? खै योजना ? खै कार्यनीति ?

ठ्याक्कै १ वर्षअघि एकजना पुराना राजनीतिज्ञसँगको चिया गफमा कुरा हुँदा सरकारको प्रभावकारीताका विषयमा कुराकानी भएका थिए । उनले भनेका थिए यसरी भएन आन्दोलन गर्नुपर्‍यो । मैले उनलाई प्रश्न राखेको थिएँ आन्दोलन गर्ने के भनेर ? प्रश्नपछि मैले थपेको थिएँ । हामी अहिले संघियता अभ्यास गरिरहेका छौं । जनताको छोरो प्रधानमन्त्री छ । राज्यका निकायले काम गरिरहेकै छन् । आन्दोलन गर्नका लागि यो सहि समय होला । मानिसहरूमा आक्रोस छ । पिडा छ । राज्यले काम गर्न सकेन भन्ने भाष्य तलसम्मै पुगेको छ । तर आन्दोलन यत्तिकै गर्न हुन्न । आन्दोलन किन गरिएको हो प्रष्ट हुनुपर्छ । नत्र यसले यथास्थितीलाई झनै बलियो बनाइदिन्छ । अझै समाजलाई अग्रगमनमा लैजानुको सट्टा प्रतिगमनतिर फर्काइदिन्छ । 

यो आन्दोलनका बारेमा धेरैले प्रश्न उठाउन लागिसकेका छन् । प्रश्न उठाउने क्रम अब झनै व्यापक रुपमा हुनेछ । त्यो हुन्छ नै । प्रश्नको जवाफ दिने को हो ? तपाँइजस्तै नेतृत्व प्रश्नबाट भाग्यो भने जेन जि उमेर समूह सिंहदरवार जलाउने अपराधी समूहका रुपमा चित्रित हुनेछ । यसपछि राज्यले भोगेका असफलतामा यहि आन्दोलनलाइ प्रस्थानविन्दु ठहर्‍याइनेछ । के यस्तै खोजेको हो र जेन जी !  

अर्थतन्त्रका जानकारहरूले अनुमान गरेअनुसार आन्दोलनमा देशको कुल गार्ह्यस्थ उत्पादनको ५ प्रतिशतभन्दा धेरै रकम बराबरको धनमालको क्षति भएको छ । बिमा कम्पनीहरूमा २३ अर्व रुपैंयाभन्दा धेरैको क्षति भएको भनेर विमा दावी गरिएको छ । सरकारी भवनहरूमा भएको क्षति यसमा सामेल नै छैन । 

लुटपाट तथा आगजनीहरूमा संलग्नहरू कानुनी कारवाहीका लागि पक्राउ परिरहेका छन् । सुरक्षाकर्मी स्वयं असुरक्षित भएको यो घटनामा शान्तीसुरक्षा कत्तिको महत्वपूर्ण विषय हो भन्ने आम नागरिकले अनुभव गर्ने तहमा पुग्यो । यसैले गर्दा प्रहरी चौकीहरू नागरिक तहबाटै निर्माण भए। यो निष्पट्ट अँध्यारोमा देखिएको उज्यालो पक्ष हो । 

कमजोर हुनुको भनेको विकल्पहरू सकिनु हो । नेपाल देशसँग धेरै कुरामा धेरै विकल्प छैनन् । किर्तिपुरको डाँडामा बसेर पैसा कमाउन सकिन्छ भन्ने तर्क सुन्दा बहुत मिठासपूर्ण छ । त्यसका लागि काम गर्ने वातावरण कस्तो छ त्यसैमा संलग्नहरूलाई थाहा छ । नेपालमा सेवा दिएका सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुनुपर्छ भन्ने विषय कुनै पनि किसिमबाट अनुचित होइन । त्यसैलाई लिएर सरकारले सञ्जाल बन्द गरेपछि असन्तुष्टी विष्फोट भयो । त्यो विष्फोटले धेरै कुरा खरानी बनाइदिएको छ । हामी उठ्नेछौं भन्नु बहुत सजिलो कुरा हो । उठ्नका लागि समय लाग्नेछ । रोपेकै भोलिपल्ट सुन्तला फलेर खान पाउन पर्ने हाम्रो मनोविज्ञानले फेरी हामीलाई कता लैजाने हो भन्न गाह्रो छ । 

अन्तमा, जर्ज अरवेलको विश्व प्रख्यात पुस्तक Animal Farm नेपालीमा अनुवाद भएको छ चारखुट्टेको घरजम नाममा । यसमा फिल्म पनि बनेको छ। क्रान्ति सफल भैसकेपछि नयाँ नेतृत्वले जस्का विरूद्ध आन्दोलन गरिएको थियो उसैलाई तालाचाबी बुझाईदिन्छ। अनि आन्दोलनमा खटिएर लागेको कुकुरले भन्छ। अब यहाँ नयाँ मालिक आउँछ। हामी पुरानो गल्ती दोहोर्‍याउँदैनौं। के अव हामीले पनि त्यही कुकुरको भनाइ दोहोर्‍याउन पर्ने हो त जेन जि ! कि आन्दोलनको रक्षा श्री पशुपतिनाथले नै गर्ने हुन !

apawaad@gmail.com

खुच्चिङ; आफैंलाई पर्‍यो भने चैं !

समय । कैले असाध्यै चाँडो सकिने । कैले चैं कहिल्यै नसकिने । साँच्चै त्यस्तै हो कि आफ्नो अवस्था परिवेश । हिजैजस्तो लागेको । भित्तामा १० वटा क्यालेण्डर फेरिइसकेछन् । यसो सम्झिएँ १० वर्ष यसै गएको त्यो घटनामा एक महिना कट्न यी १० वर्षभन्दा धेरै अवधि लागेझैं भएको थियो ।

त्यसबेला भएका धेरै कुरा बिर्सिए होलान् । गम्भीर फौजदारी अपराधपछिको परिवार । परिवार भित्रै आशंका । अझ आशंकामा मलजल गराइदिने धन्दाकर्मीहरू । आवरणमा त उनीहरू राजनीति भन्ने पवित्र कर्ममा थिए । अझै बिर्सनै नसकिने कुरा भनेको यो अवस्थामा … एक शब्द नबोली मौन बस्ने हुत्तिहारा … भनेर लेखिएको सामाजिक सञ्जालको सामग्री ।

बिग्रिएको व्यवहारमा विकासे बहस !

संसार चिन्न बहुत सजिलो छ, समय चिन्न ज्यादै कठिन। यसैकारण पनि हुन सक्छ अनुमानको व्यापार सबैतिर सबै ठाउँमा चलिरहेकै छ। चल्दै जानेछ । अझ पूर्वीय दर्शन त आत्मा र शरीर फरक भन्ने विश्वासमा छ। यस समय बेठिक हुनुमा तत्कालै कारण नभेटिए पूर्वजन्मको दोष पनि हुन सक्छ। 


सरकारले अख्खा अख्खा काम गरिरहेको भनेर प्रधानमन्त्री दोहोर्‍याइरहनुभएको छ । यस्तो अवस्थामा समाजमा असन्तुष्टि हुन नपर्ने हो । आफ्नै महानिरिक्षकसँग कुम जोडेर बसेका फरार अभियुक्तको तस्विर दैनिक पत्रिकाले प्राथमिकताका साथ पहिलो पानामा छापेपछि थाहा पाउने प्रहरी अदालतको आदेश तयार नहुँदै पूर्व गृहमन्त्री पक्रन घरैमा पुगिसकेको थियो । सन्दिप लामिछाने र रवि लामिछानेका फैसलामा धेरै कुरा मिल्नुले न्यायाधिस सुशासन दिन कति आतुर थिए भन्ने झल्किएकै छ। शासन बदल्न हिँडेकाहरू सुन्तलाचोरमा दरिएपछि त सरकारको आरती गान नै सुरु हुन पर्ने । तैपनि नागरिक असन्तुष्ट नै छन् । शिक्षकहरूको शैक्षिक हड्ताल कहिले टुंगिने भन्न सकिन्न । १२ कक्षाको परीक्षा आफूले पढाउने विद्यालयमा गर्लास् भनेर कर्मचारी काठमाण्डौ बोलाएपछि प्रधानमन्त्रीले परिक्षा नै सारेको खबर छ !

हाम्रो फेसबुक पाना